सिभिल इञ्जिनियर र आर्किटेक्चरहरुलाई काठमाडौँ महानगरमा पूर्णकालीन प्रशिक्षार्थीको रुपमा काम गर्ने अवसर
२०८२ कार्तिक २८ शुक्रवार
- काठमाडौँ महानगरपालिका, सहरी योजना आयोगद्वारा सञ्चालित करियर क्याम्प २०८२ कार्यक्रम अन्तर्गत सिभिल इन्जिनियरिङ तथा आर्किटेक्चर विषयमा न्यूनतम स्नातक तह उत्तीर्ण भएकाहरूलाई ९ महिनाका लागि पूर्णकालीन प्रशिक्षार्थीका रूपमा छनोट गरी महानगरपालिकाले सञ्चालन गर्ने आयोजनाहरूको संरचनागत प्रारूप तयार गर्ने, ड्रइङ डिजाइन र लागत अनुमान तयार गर्ने तथा महानगरवाट हुँदै गरेका निर्माण कार्यहरूको सुपरिवेक्षण तथा प्रतिवेदन तयार गर्ने काममा प्रत्यक्ष रूपमा सहभागी गराई व्यावसायिक सीप, दक्षता, र अनुभव प्रदान गर्ने जनाएको छ ।
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले सहरी योजना आयोगमार्फत योग्य सिभिल इन्जिनियर र आर्किटेक्टहरूलाई नगर प्रशासनभित्र संरचित व्यावसायिक सिकाइको अनुभव प्रदान गर्न यो करियर क्याम्प कार्यक्रम सञ्चालन गर्न लागेको छ ।
काठमाडौँ महानगरपालिका, सहरी योजना आयोगद्वारा सञ्चालित करियर क्याम्प २०८२ कार्यक्रम अन्तर्गत सिभिल इन्जिनियरिङ तथा आर्किटेक्चर विषयमा न्यूनतम स्नातक तह उत्तीर्ण भएकाहरूलाई ९ महिनाका लागि पूर्णकालीन प्रशिक्षार्थीका रूपमा छनोट गरी महानगरपालिकाले सञ्चालन गर्ने आयोजनाहरूको संरचनागत प्रारूप तयार गर्ने, ड्रइङ डिजाइन र लागत अनुमान तयार गर्ने तथा महानगरवाट हुँदै गरेका निर्माण कार्यहरूको सुपरिवेक्षण तथा प्रतिवेदन तयार गर्ने काममा प्रत्यक्ष रूपमा सहभागी गराई व्यावसायिक सीप, दक्षता, र अनुभव प्रदान गर्ने जनाएको छ ।
यसका लागि महानगरले आवेदनका लागि यस सूचना प्रकाशित गरेको छ ।
यस कार्यक्रमका सहभागी हुन चाहने योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशित भएकोले १५ (पन्ध्र) दिनभित्र काठमाडौँ महानगरपालिकाको वेभसाइटमा रहेको करियर क्याम्पको लिंकमा आफ्नो आवेदन दिन महानगरले आग्रह गरेको छ । यसका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक तह (अर्वान प्लानिङ, सिभिल इन्जिनियरिङ, आर्किटेक्चर) रहेको छ र महानगरले २२ जनालाई ९ महिनाका लागि पूर्णकालीन प्रशिक्षार्थीका रूपमा छनोट गरे प्रतिमहिना २५ हजार पारिश्रमिक दिने जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
-
नाना पाटेकरको अन्त्येष्टिमाथि अभिनेत्री तनुश्री दत्ताले उठाईन प्रश्न
-
बजेटप्रति असन्तुष्टि जनाउदै सुदूरपश्चिमा एमालेका सांसदले दिए राजीनामा
-
एमसीसीअन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण तीव्र, सीमासम्मको प्रसारण लाइन सम्पन्न
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’